Saturday, February 25, 2012

सर्वश्रेस्ठता


सुन्यताको भुमरीमा,
अनिश्चितताको यात्रामा,
निस्सार रहेको एक पशु के फरक ?
सर्वश्रेष्ठ प्राणी मानव!
बुद्धिमान प्राणी मानव!
जान्ने सुन्ने पशु मानव!
', मेरो मलाई'को
सेवा गर्ने निस्वार्थ मानव,
आजका पिडित,भोलिका पिडक ,
 आजका थिचिएका भोलिका थिच्ने,
एक जिन्दगिको लागी अनेकौ जिन्दगिको बली दिन नहिचकिचाउने मानव,
आफ्नो एक छाकको लागी लाखौ छाक हडप्न पछी नपर्ने मानव 
यो निरन्तर चक्र !
मानवबाट ग्रसित,दमित,घृणित,
मानवबाटै थिचिएका, मिचिएका, पिल्सिएका
मानव!!!
र यसैबाट प्रमाणित
मानवको बाठोपन,
बुद्धिमानी कहाँलित मानवनामी पशुको सर्वश्रेस्ठता!
जिउनु छ मलाई तिमीलाई हामिलाई 
अझै यो रङ्गमन्चमा
कहिले नाटक हेर्दै, कहिले आफु पनि पात्र बन्दै!
यो रवाफ, आडमबरसगै
यो ''बाद सगै
यो सर्वश्रेष्ठता को उच्च उपाधिसहित !

7 comments: