Wednesday, December 12, 2012

बिहान उठ्दा घर जस्ताको तस्तै अर्कै ठाउँमा


एकचोटी कल्पना गर्नुस त राती तपाईं आफ्नो घरको कोठामा मज्जा सँग सुत्नुभएको छ । बिहान निन्द्रा खुल्छ आफ्नो आङ तान्दै झ्यालको पर्दा खोल्दा तपाईं अर्कै ठौउमा हुनुहुन्छ । राती सुत्दा तपाईंको घर एक ठाउमा थियो बिहान उठ्दा अर्कै ठाउमा छ ।यस्तो घर हिडेको कल्पना धेरै कम मान्छेले नै गर्नसक्छन तर सुन्दै अचम्म लाग्ने यस्तै घटना भएको छ तीनथाना गाबिस व डा न ५ काठमाडौका सुनिल कुमार यादवको घरमा । यस्तो कहिले नदेखेको नसुनेको अचम्मको घटना घटेपछी यो घर र ठाउ हेर्न मान्छेहरुको ओइरो नै लागेको छ त्यहाँ कुनै ठुलो मेला लागेजसरि । केही महिना अगाडी जती बेला लगातार बर्षाले विभिन्न ठाउमा बाढी - पहीरो गएको थियो लगातार बर्षा भएर धेरै ठाउको जनजीवन प्रभावित भएको थियो । डाडाको माथी को घर जगै सहित लगभग २००मिटर तल जगै सहित आइपुगेर थापाक्क अडियो ।घर भित्र बसेकालाई सायद भुइचालो गएको होला भन्ने लागेछ तर बिहान उठ्दा घर त नाइट बसको यात्रामा निदाउदा एक ठाउ आखा खुल्दा अर्को ठाउ जस्तै भएछ । 


एकजना बुढी मान्छे भन्दै थिइन्, "यत्रो बर्ष भइयो यस्तो घटना न कहिले देखेको थिए न कहिले सुनेको थिए ।सब भोले बाबा शिवको लीला हो ।" यो घटना शिवजी को ठुलो चाड तीजकै सेरोफेरो मा भएको थियो ।एक युवक आफ्नो अर्को साथिलाई भन्दै थिए,"त नि यतै तिरको परिस राती निन्द्रा लागयो भन्दैमा मज्जाले सुत्ने हैन नि फेरी भोली बिहान अर्कै तिर होलास ।" हुन पनि यो घटनाले वरिपरि रहेका घरहरुलाई पनि डर पैदा गरेको छ । एक जना व्यक्ती भन्दै थिए,"जे भए पनि अब यो घटनाले मान्छेलाई सचेत बनाएको छ जहाँ पाए त्यही जग्गा किन्नु र घर बनाउनु अगाडि!”
प्रकृती साच्चिकै अचम्मको विज्ञानले जती सुकै प्रगती गरे पनि प्रकृतिको अगाडी लाचार नै छ । कुनबेला कस्तो घटना घट्न सक्छ र कुन प्रलय आउला भन्नै सकिन्न ।तर सायद अलिक होश पुर्याइयो भने त्यसबाट हुने क्षति अलिक कम हुन्थ्यो कि !









No comments:

Post a Comment